प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारु भाषाको (नथिया वाली) बोलको गीतले गायक चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित भएका हुन् ।
आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको चौधरीको यो गीत थारू भाषार्मा उत्कृष्ट भएको हो । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीतहरु गाईसकेका छन् । सशस्त्र प्रहरी जवानको प्राविधिक क्षेत्रमा कार्यरत सुनसरीका गायक रत्नदीप चौधरीले २०५६ मा गाएको “ए हौ साली झुम्कावाली” गीत निकै चर्चामा आएको थियो ।
28 July 2025 14:46 PM | UPDATED 5 hours ago
प्रतिक्रिया