मनाेरञ्जन

भुबन र रेहानाले ‘गरम गरम भो’ भनेपछि… (भिडियोसहित)

काठमाडौं । उदयीमान संगीतकार भुबन बिके र गायिका रेहाना पुन मगरको आवाजमा रहेको ‘गरम गरम भो’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार साँझ कमल सिंजाली थापा युट्युव च्यानल मार्फत नेपाली संगीत बजारमा उक्त गीत सार्वजनिक गरिएको छ । यो गीत संगीतकार भुबन बिकेकै उत्कृष्ट शब्द सृजना तथा लयमा तयार भएको हो । गीतमा गोविन्द्र अनेक, मनोज बिक, बिन्दु बिसी, र सुनिता लोहनी लगायतको सामुहिक आवाज छ ।

गीतको संगीत संयोजन भने कमल थापाले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ भने चर्चित साउन्ड इन्जिनियर श्यामश्वेत रसाइली गरेका छन् । प्रिजमा डिजीटल स्टुडियोमा तयार गरिएको यस गीतको रेकर्डिङ भने गोविन्द्र अनेकले गरेका छन् । संगीतका भुवन बिकेले नै निर्देशन गरिएको उक्त गीतको भिडियोको मुख्य अभिनयमा गोविन्द विवश र सुमित्रा गुरुङलाई देख्न सकिन्छ । कोरियोग्राफि भने गोविन्द विवश स्वम आफैले गरेका हुन् । यस गीतको छायाँकन सुमन थापा र सौगात थापाले गरेका छन् ।