शिक्षा/स्वास्थ्य

रोटरी ई–क्लब र रोटरी क्लब अफ काठमाडौं हाइटको संयुक्त वृक्षरोपण कार्यक्रम सम्पन्न

पर्यावरण संरक्षणतर्फ एक महत्वपूर्ण कदमस्वरूप रोटरी ई–क्लब र रोटरी क्लब अफ काठमाडौंको सहकार्यमा श्री जनक माध्यमिक बिद्यालय , नमोबुद्ध–४ मा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। संस्कृति फार्म्स एन्ड रिसर्च को प्राविधिक सहयोगमा यस कार्यक्रममा नासपाती, स्याउ र आरू जस्ता फलदार रूखहरू रोपिएका छन्। यस्ता वृक्षरोपणहरूले स्थानीय जैविक विविधता संरक्षणमा योगदान पुर्याउनुका साथै खाद्य सुरक्षालाई समेत बल पुर्याउने विश्वास गरिएको छ। कार्यक्रममा विद्यार्थीहरू, शिक्षकहरू, स्थानीय जनप्रतिनिधिहरू र रोटरी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

उक्त कार्यक्रम जिल्ला गभर्नर रोटेरियन बिनोद कोइरालाको ५०,००० वृक्षरोपणू अभियान अन्तर्गत आयोजित गरिएको हो। सोही दिन १५० भन्दा बढी रोटरी क्लबहरूले नेपालभर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन्। यस किसिमका अभियानहरूले हरियाली नेपाल निर्माण, वातावरणीय सन्तुलन तथा दीगो विकासतर्फ रोटरीको प्रतिबद्धतालाई अझ सशक्त बनाउने कार्यमा मद्दत गर्दछ।