भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विश्वविद्यालय तथा विज्ञहरुले गर्ने अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धीसँग जोड्न आवश्यक रहेको बताउनु भएको छ । लामो समय लगाएर गरिएका अनुसन्धानहरु कागजमा त्यसै थन्किन नहुने भन्दै त्यसको कार्यान्वयन मार्फत उत्पादकत्व वृद्धीमा उपयोग गरिनु पर्ने बताउनु भएको हो । मकवानपुरको चित्लाङ् स्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पुगि त्यहाँ भई रहेका अनुसन्धानहरु बारे जानकारी लिँदै मन्त्री दाहालले विज्ञहरुको ज्ञान र अनुसन्धानलाई त्यसै नथन्क्याउन सुझाव दिनुभयो । नेपाली विज्ञ तथा वैज्ञानिकहरुले गहन अध्ययन तथा अनुसन्धान गर्ने गरेको र त्यसको निश्कर्ष तथा परिणामलाई उपयोग हुने वातावरण बनाउन सरकारले ध्यान दिने पनि उहाँले बताउनुभयो । विश्वविद्यालयले गरि रहेको च्याउ, जुम्लीमार्सी, कोदो, विभिन्न बनस्तपति लगायतमा गरेको अध्ययन् र प्राप्त नतिजाका आधारमा उत्पादकत्व वृद्धी गराई आर्थिक समृद्धीको यात्रा सहज बनाउन सकिने समेत उहाँको भनाई थियो ।
विश्वविद्यालयका अध्यक्ष राजेन्द्रध्वज जोशीले अहिले सम्म विश्वविद्यालयले खेर जाने कुनै पनि अनुसन्धान नगरेको र गरेका अनुसन्धानका नतिजा किसान तथा उद्यमी सम्म पु¥याउने वातावरण बनाईन आवश्यक रहेको बताउनुभयो । जैवीक तथा अर्गानिक कृषि प्रणाली, वनस्पतिका विविध उपयोग आदि बारे अनुसन्धान भई रहेको भन्दै उहाँले यसको परिणामबारे आधारभूत तह सम्म जानकारी गराईने बताउनुभयो । अवलोकनका क्रममा पुग्नु भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अनुसन्धानबाट प्राप्त हुने नतिजाका आधारमा कृषि पर्यटन, कृषि उद्यम लगायतको विकास गर्न सकिने बताउनुभयो । नेपाली विश्वविद्यालयहरुमा समेत विभिन्न देशका विद्यार्थीहरु अध्ययनका लागि आउन ईच्छुक हुने गरेका आवश्यक वातावरण बनाउन जरुरी रहेको उहाँको भनाई थियो । यस्तै प्रतिनिधी सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले अनुसन्धान कार्यक्रमलाई थप विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालयले नेपालमा पाईने विभिन्न च्याउहरुका बारेमा अनुसन्धान गरि रहेको सहप्राध्यापक भुषण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया