काठमाडौँ । गत प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धामा गरेर चर्चामा आएका डा।निकोलस भुसालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग माफी मागेका छन् । बुधवार गृह मन्त्रालय पुगेर उनले अघिल्लो दिन आफू पक्राउ परेपछि मन्त्री लामिछानेलाई गाली गलौच गरेकोमा आत्मग्लानि महसुस गरेर माफी माग्न आएको बताए । जवाफमा लामिछानेले भने– ‘केही छैन, लोकतन्त्रमा बोल्न पाइहालिन्छ नि । प्रहरीले आफ्नो काम गर्छ, देशै भरको प्रहरीलाई यसलाई समात, उसलाई नसमात भन्न मिल्दैन, उसको सिस्टमले समाउने हो । मैले नचाहिँदो काम नगर्नुस् भन्ने मात्र हो । केही छैन, तपाईंले सरी भन्नुपर्दैन, तपाईंको हौसला बुलन्द राख्नुस्, राम्रो काम गर्नुस्, अन्यायको विरुद्ध बोल्नुस्, न्यायको पक्षमा बोल्नुस्, राम्रो मान्छेलाई साथ दिनुस्, आवेग र उत्तेजना भन्दा पनि राम्रो कुरालाई छुट्टाउने प्रयास गर्नुस् ।
सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्दै सर्वोच्च अदालतमा धर्ना बस्न थालेपछि सोमबार प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले रवि लामिछानेलाई गालीगलौज गर्दै राजीनामा मागेका थिए ।
प्रतिक्रिया