Breaking

भोटो जात्रा साउनको तेस्रो साता

काठमाडौँ – रातो मस्त्येन्द्रनाथको भोटो जात्रा साउनको तेस्रो सातामा हुने भएको छ । हाल मस्त्येन्द्रनाथको रथ लगनखेलको थति टोलमा राखिएको छ । त्यहाँबाट साउन १७ गते रथ जावलाखेल तान्ने साइत छ ।
सामान्यतया बैशाख शुक्लप्रतिपदाको दिनदेखि असार शुल्क चौँथीसम्म करिब दुई महिना मनाइने रथ यात्रा यस पटक भने करिब तीन महिना मनाइने भएको छ । भोटो जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितमा देखाइन्छ ।