अर्थ

धुनिवेशी नगरपालिकाको नीति तथा कार्यक्रम सम्पन्न ,८८ करोड १६ लाख बजेट विनियोजन

धादिङ । धुनिवेशी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१र८२को लागि ८८ करोड १६ लाख ८९ हजार ६ सय ६६ रुपैयाँको बजेट ल्याएको छ । नगरकार्यपालिकाको प्रशासनिक भवन जुगेडीमा भएको सभामा नगरपालिका उपप्रमुख सुरज उप्रेतीले पेश गरेको बजेटमा कुल विनियोजित रकम मध्ये चालुतर्फ ४७ करोड ९ लाख ८५ हजार ६ सय ६६ रुपैयाँ रहेको छ ।
धुनिबेशी नगरपालिकाले पुजीगत तर्फ ४१ करोड ७ लाख ४ हजार विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्षको व्यहोर्ने स्रोत मध्ये संघीय सरकारबाट बित्तीय हस्तान्तरणको माध्यमबाट समानिकरण अनुदान १४ करोड ६२ लाख,सशर्त अनुदान २२ करोड १२ लाख २१ हजार ,समपुरक अनुदान १ करोड ,बागमती प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ५६ लाख ७५ हजार ,सशर्त अनुदान १ करोड ८९ लाख २१ हजार,बिशेष अनुदान ५० लाख,समपुरक अनुदान ५० लाख,राजस्व बाडफाटबाट १८ करोड १० लाख ७७ हजार १ सय ६६, आन्तरिक राजस्वबाट ४ करोड ८१ लाख ७५ हजार र बैंक मौज्दात रहन सक्ने २० करोड ५४ लाख २० हजार ५ सय रुपैया अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्षको लागी आर्थिक विकासतर्फ ४ करोड ७३ लाख २८ हजार,सामाजिक विकास क्षेत्रतर्फ ३४ करोड ४३ लाख ३० हजार,पुर्वाधार विकासतर्फ ३१ करोड २३ लाख ९४ हजार ,सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रतर्फ ५२ लाख ४५ हजार र कार्यालय सन्चालन तथा प्रशासनिक खर्चतर्फ १७ करोड २३ लाख ९२ हजार ६ सय ६६ रुपैयाँ विनियोजन गरिएको छ ।