मेलम्ची खानेपानी काठमाण्डौमा पठाउन बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै पानी पर्न थालेको र मेलम्चीमा बाढीसमेत आएकाले पानीको पथान्तरण बन्द गरिएको आयोजनाले जनाएको छ ।
वर्षासँगै बाढीले पुर्याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारलाई बन्द गरिएको छ । पानी पनि धमिलो हुन थालेको छ । आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि पानीको आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया