देशका मुख्य ठूला नदीमा आज र भोलि बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि कोशी, नारायणी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीमा जलसतह सतर्कता तह आसपास नै हुनेछ ।
महाशाखाले यी क्षेत्रको नदी तटीय क्षेत्रमा दुई दिनसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने जनाएको छ ।
प्रतिक्रिया