काठमाण्डाै – बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ ।नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।प्रदेश प्रमुख शर्माले आज बेलुका ५ बजेभित्र बहुमतको सरकार गठनका लागि अस्ति आइतवार आह्वान गर्नुभएकाे थियो । लामा नुवाकोटको प्रदेश सभाबाट निर्वाचित हुनुहुन्छ ।बाग्मतीमा यसअघि एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेकोमा एमाले र कांग्रेस मिलेपछि उहाँले राजीनामा दिनुभएको छ ।
23 July 2024 20:49 PM | UPDATED 4 months ago
प्रतिक्रिया