काठमाडौँ । नेपालको सन्दर्भमा इञ्जिनियरहरूले पाउने तलब तथा सुविधा अरु क्षेत्रको तुलनामा निकै कम रहेकाले चाँडोभन्दा चाँडो यसको व्यवस्थापन गर्नुपर्ने माग इञ्जिनियरहरूले राखेका छन् । इञ्जिनियरहरूको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियशनको आसन्न निर्वाचनको सन्दर्भमा शनिबार प्रोग्रेसिभ इञ्जिनियरर्स एसोसिएशन नेपाल ९प्रगतिशील समूह०ले काठमाडौँमा आयोजना गरेको ‘स्थानीय तहको विकास, जनप्रतिनिधि र इञ्जिनियरको भूमीका विषयक छलफल’ कार्यक्रममा बोल्दै ई। प्रा।डा। विष्णुप्रसाद पाण्डेले यस्तो बताएका हुन् ।
आसन्न निर्वाचनमा अध्यक्षको प्रत्यासीसमेत रहेका पाण्डेले समग्र इञ्जिनियरिङ् पेशामा आबद्ध श्रमजीविहरूको तर्फबाट बोल्दै इञ्जिनियरहरुको हकहितको संरक्षणका विषयमा सरकारको ध्यानाकर्षसमेत गराएका छन् । पाण्डेले सरकारी सेवा क्षेत्रमा इञ्जिनियरहरूको प्रवेश र त्यहाँ हुने विभेदका विषयमा सरकारले नीतिगतल सुधार गर्दै त्यसको व्यवस्थापन गर्नुपर्ने बताए ।
‘स्नातक तहको डिग्री हासिल गरेका इञ्जिनियर तथा आर्किटेक्टहरूलाई कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराइन्छ,’ पाण्डेले भने, ‘यस्तो विभेदपूणर् नीति र प्रक्रियाप्रति हाम्रो घोर असहमति छ र सबै निकायहरूमा कम्तीमा सातौँ तहलाई नै प्रवेश तह बनाउनु पर्छ ।’ यसै क्रममा उनले आफू आसन्न निर्वाचनमा विजयी भएमा त्यसका लागि आफ्नो पहिलो पहल हुने जानकारी दिए भने इञ्जिनियरहरूको हकअधिकार, स्वास्थ्य उपचारको सेवा, गुणस्तरीय इञ्जिनियरिङ् शिक्षा, वृत्ति विकास, समान सेवा सुविधालगायतका विषयहरूमा सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, कार्यक्रममा उपिस्थत बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले विकास निर्माणमा इञ्जिनियरहरूको भूमीका महत्वपूणर् रहेको बताउँदै ७६१ वटै सरकारले विकास निर्माणमा एकअर्कासँग हातेमाले गर्नसके मात्र नेपालको समृद्धि सम्भव हुने बताए ।
साथै, मन्त्री मास्केले विशेष गरी स्थानीय सरकारहरूले आफ्नो पालिकालाई विकासको रोलमोडलको रुपमा विकास गर्न इञ्जिनियरहरूको सहयोग अपरिहार्य हुने बताए । उनले भने, ‘स्थानीय तहमा त्यहाँको समृृद्धिको सपना देख्ने र त्यसको पोलिसी बनाउने जनप्रतिनिधिले हुन् भने त्यो सपानालाई साकार पार्ने भनेको इञ्जिनियरहरूले नै हो । विकास र समृद्धिको यात्रामा जनप्रतिनिधि र इञ्जिनियरहरू एक रथका दुई पांग्रा हुन् ।’
कार्यक्रममा संविधानसभा सदस्य तथा बाग्मती प्रदेशका पूर्व भौतिक मन्त्री रामेश्वर फुयाल, लुम्बिनी प्रदेशका पूर्व भौतिक तथा अर्थमन्त्री बैजनाथ चौधरी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, पनौती नगरपालिकाकी उपमेयर गिता बन्जारालगायतको उपस्थिति रहेको थियो ।
नजिकिँदै गरेको नेपाल इञ्जिनियर्स एसोसियसनको ३४ औँ केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनाव छेका पारेर प्रगतिशील समूह सातै प्रदेश यस्तै संवाद तथा छलफल संचालन गरिरहेको छ । यस पटक एशोसियसनको निर्वाचनमा प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदमा डा।पाण्डे उम्मेदवार रहेका छन् । जापानबाट जलस्रोतमा विद्यावारिधि तथा पोष्ट डक्टोरल उपाधी हासिल गरेका उनी हाल इञ्जिनियरिङ् अध्ययन संस्थान पुल्चोकमा प्राध्यापकको रुपमा कार्यरत छन् ।
प्रतिक्रिया