काठ्माण्डौँ, १३ असोज होटल संघले सहमतिनै नभएको विषयमा प्रचार गरेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपत्ति जनाएको छ। एक प्रेस विज्ञप्ति जारि गरेको संघले होटल तथा रेष्टुरेण्टलाई सरकारले अनुगमन नगर्ने कुरा उल्लेख गरेको थियो। तर यस बिषयमा सहमति नभएको र सञ्चारमाध्यमले संघको विज्ञप्तिलाई आधार मान्दै समाचार प्रकाशन प्रकाशन गरेको प्रति मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका अनुसार ‘वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज ७ गते गरेको बजार अनुगमनका क्रममा १ होटल व्यवसायीले नियम विपरीत अत्याधिक मुल्यमा पानी बिक्रि गरेको भेटिएपछि ३ लाख जरिवाना हुनेगरि कारवाही गयो । त्यसपछि होटल व्यवसायीहरुसंग मन्त्रालयमा भएको छलफलमा बोतलको पानी MRP मुल्यमा उपलब्ध गराउने, होटल तथा रेष्टुरेण्टहरुले चाडपर्वका बेला खाद्य सामग्रीमा बिषेश छुट दिने र राजमार्ग क्षेत्रका होटलमा गुणस्तरीय खाद्य सामग्री बिक्रि गर्नमा व्यवसायीका संगठनले समेत सहजीकरण गर्न छलफल भएको हो । तर संघले होटल तथा रेष्टुरेण्टमा सरकारले अनुगमन नगर्ने भन्दै विज्ञप्ति जारी गयो । यसमा मन्त्रालयको आपत्ति छ।’
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका निजि सचिव सुमन धितालले एक प्रेस विज्ञप्ति जारी गर्दै होटल संघको भ्रामक विज्ञप्ति र सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउनुभएको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति ।
प्रेस विज्ञप्ति
होटल संघ नेपालको विज्ञप्ति सहित अनलाईन खबरमा आज प्रकाशित “व्यवसायी सामु निरीह सरकार स् होटल र रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति” शिर्षकको समाचार प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। होटल संघका पदाधिकारी सहित मन्त्रालयमा भएको छलफलमा MRP मुल्यमा पानी लगायतका खाद्य पदार्थ उपलब्ध गराउने र चाडपर्वमा होटलको सेवामा छुट दिने विषयमा छलफल भएकोमा त्यस विपरित होटलको अनुगमन नगर्ने सहमति भएको भनी संघका तर्फबाट विज्ञप्ति निकाल्ने र सोही विज्ञप्तिको सन्दर्भमा तथ्यगत जानकारीको पहल नै नगरी “अनलाईन खबर” जस्तो सञ्चारमाध्यमले सस्तो लोकप्रियताको लागि सरकार अनुगमनबाट पछि हटेको जस्ता भ्रमक समाचार प्रकाशन गरि सर्वसाधारणमा भ्रम सृजना गर्ने कार्यप्रति यस सचिवालयको गम्भीर आपत्ती रहेको छ । प्रचलित कानुन वमोजिम मर्यादापूर्ण तरिकाले व्यवसाय गर्ने नागरिकको अधिकारको सम्मान गर्दै आवश्यक सहजीकरणमा मन्त्रालय सदैव तत्पर रहेको छ । तर सर्वसाधारणको हित प्रर्वधनसंग जोडिएको विषयमा अनुगमन तथा निरिक्षण गर्ने र गलत कार्य भए गरेको पाइएमा प्रचलित कानुन वमोजिम कारवाही गर्ने गराउने कुरामा मन्त्रालय प्रतिवद्ध रहेको जानकारी गराउदैँ गलत मनसायले जारी भएको होटल संघको विज्ञप्तिमा उल्लेखित बिषय र त्यससंग जोडिएको अनलाईन खबरको समाचार खण्डन गरिएको छ ।
29 September 2024 22:20 PM | UPDATED 2 months ago
प्रतिक्रिया