बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ। जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ।
नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा
१,नवरात्रको पहिलो दिन शैलपुत्री
२,दिन ब्रहृमचारिणी
३, दिन चन्द्रघण्टा,
४,दिन कुष्माण्डा
५,दिन स्कन्दमाता
६,दिन कात्यायनी
७,दिन कालरात्री
८,दिन महागौरी र
९,दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
प्रतिक्रिया