काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन सिक्सको औपचारिक घोषणा भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रायोजक सार्वजनिक गर्दै प्रसारण मितिबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुसालले यो कार्यक्रम लामो समयदेखि प्रसारण हुने मुलुकको एकमात्र रियालिटी शो रहेको बताउँदै यसका लागि टिमलाई धन्यवाद दिनुभयो । टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले छैटौं सिजनबाट बृहत दर्शकमाझ पुग्ने आफूहरुको लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले शोको संरचना उस्तै भए पनि सिजन सिक्समा विषयवस्तु नयाँ हुने बताउनु भयो ।
शो पुस तेस्रो साताको शुक्रबार र शनिबारदेखि हिमालय टिभी एचडी र हिमालय टिभी प्रिमियममा बेलुका ८ बजे प्रसारण हुनेछ । भ्वाइस अफ नेपालको युट्युब च्यानललमा बेलुका साढे ८ बजेदेखि स्ट्रिमिङ हुनेछ । कार्यक्रम निर्देशन, द भ्वाइस अफ नेपाल छैटौं सिजनको कोचमा उदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेन्चुरी छन् ।नयाँ सिजनमार्फत् लामा कोचको रुपमा फर्किनुभएको हो भने खेम सेन्चुरी पहिलोपटक कोचका रुपमा आउनुभएको हो । उक्त अवसरमा छैटौं सिजनको टिजर सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया