राजनीति

खुल्ला सचिव पदमा कृष्ण प्रसाद रिजाले गरे उम्मेद्वार दर्ता

काठमाडौं अखिल (क्रान्तिकारी पशुपति क्याम्पस समितीका पूर्व अध्यक्ष तथा निवर्तमान केन्द्रीय समिति सदस्य कृष्ण प्रसाद रिजालले २३ औं राष्ट्रिय सम्मेलनको नेतृत्व छ्नोट प्रक्रियामा उम्मेदवारी खुल्ला सचिव पदमा उम्मेद्वारी दर्ता गराउँनु भएको छ । लामो समय देखि विद्याथीको हक हितको लागि आवाज उठाउँदै आउनभएका रिजालले आफु केहि गर्न सक्नु भन्ने उदेश्यका साथ सचिव पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो । उहाँले इतिहासको निरन्तरता र वर्तमान समयको आवश्यकता लाई मध्य नजर गर्दै उम्मेदवारी दिएको बताउनु भएको छ ।

उहाँले संगठनको गरिमालाई उच्च बनाइ निरन्तर विद्यार्थी आन्दोलन, राष्ट्रियता, जनजिविका, अन्याय अत्याचार, सामाजिक बिभेद लगायत सम्पुर्ण सामाजिक सरोकारको विषयमा संगठनको सिपाही भएर खरो रुपमा उत्रने प्रतिबद्धता समेत व्यक्त गन भएको छ । उहाँले यहि १२ गते हुने निर्वाचनमा अग्रज , प्रतिनिधि , सम्पुर्ण कमरेडहरुको सल्लाह,सुझाव सहित अमुल्य मत को अपेक्षा गर्नु भएको छ ।