काठमाडौं । आयोजक बेपत्ता भएपछि भारतको सिलिगुढीस्थित सुकना पुगेको सविन राई र उनको ब्याण्ड फारो प्रस्तुति नै नदिइ नेपाल फर्किएको छ । ब्याण्डले भिडियो जारी गर्दै आफू ठगीमा परेको जनाएको छ । फेब्रुअरी २ मा ब्याण्डले प्रस्तुति दिने कार्यक्रम थियो । भिडियोमा सविनले अन्तिम समयमा पनि आयोजक सम्पर्कमा नआएपछि आफूहरू अघि नबढेको बताएका छन् । उनले भने, ‘हेलो सिलिगुडी ! फेब्रुअरी २ सुकनाको शोका लागि हामी आएका थियौं । तर, हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौं । यसका लागि हामी मनदेखि नै तपाईँहरूसँग क्षमा माग्छौ । आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो । त्यो हामीलाई थाहा भएन ।
हामीले आयोजकलाई भेटेको पनि थिएन । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो लागेर हामी अगाडि बढेनौं ।’ अर्का गायक स्वप्नील शर्माले पनि आयोजकले बिना कुनै योजना र तालिका आफूलाई उपलब्ध नगराई सम्पर्कबाहिर रहेको बताएका छन् । उनले भने, ‘हेलो सिलिगुडी ! फेब्रुअरी २ सुकनाको शोका लागि हामी आएका थियौं । तर, हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौं । यसका लागि हामी मनदेखि नै तपाईँहरूसँग क्षमा माग्छौ । आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो । त्यो हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेको पनि थिएन । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो लागेर हामी अगाडि बढेनौं ।’
प्रतिक्रिया