काठमाडौ। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मार्गका बारेमा कुरा गर्नु भयो । यस्तै उहाँल रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलव्ध गराउन भारत तयार रहेको समेत उल्लेख गर्नु भयो । त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा दुई देश विचको सम्वन्ध थप प्रगाढ बन्ने समते उहाँले उल्लेख गर्नुभयो ।
भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीहरु विच छिटै बैठक बस्ने विश्वास व्यक्त गर्नुभयो । सो भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवहरु लगायतका अधिकारीहरु सहभागी रहनु भएको थियो ।
06 February 2025 15:43 PM | UPDATED 5 hours ago
प्रतिक्रिया