काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आफ्नो समयका प्रभावशाली खेलाडी शक्ति गौचनसहित तीन जनाले आईसीसी लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरेका छन् ।
ज्ञानेन्द्र र शक्तिसँगै रिजन पराजुलीले पनि आईसीसी लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । रिजन गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक हुन् ।
तीनैजनाले सिंगापुरबाट आईसीसी लेभल–२ कोचिङ कोर्स पूरा गरेका हुन् ।
पूर्वकप्तान ज्ञानेन्द्रले सबैभन्दा माथि रहेर आईसीसी लेभल–२ कोचिङ कोर्स पूरा गरेका हुन् । आईसीसी लेभल–२ कोचिङ कोर्सको अन्तिम नतिजामा शक्ति दोस्रो र रिजन तेस्रो स्थानमा रहेका थिए ।
प्रतिक्रिया