नेपालगञ्ज । पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भएको हो । यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढीरोयल इनफिल्डराइडर्सहरु सहभागी भएका थिए । कार्यक्रमकाप्रमुख अतिथिका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट रहेका थिए भने बिशिष्ठ अतिथिका रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीे खगेन्द्रप्रसाद रिजाल रहेका थिए । अतिथिद्वय नेपाल प्रहरी (जनपथ)का प्रहरी उपरीक्षक तुलबिक्रम कार्की, सशस्त्र प्रहरी बलकाप्रहरी उपरीक्षक शोभाकान्त खनालको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममको झण्डोत्तोलन प्रमुख जिल्ला अधिकारीे रिजाल र नगर प्रमुख बिष्टले गरेर सुरूआत भएको थियो । यात्रालाई थप विशेष बनाउन महिला राइडरतथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भएकी थिइन् । साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए । नेपालगञ्ज शहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर उपत्यका पुगेका थिए । त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यको माध्यमबाट भव्य स्वागत गरे । यात्राले न केवल मोटरसाइकल पर्यटनलाई प्रवद्र्धन गर्यो, बरु स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेत उजागर गर्यो । यात्राको थप आकर्षण थियो रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता, जसमा राकेश (रकी)ले जित हासिल गरेका थिए । कार्यक्रमको अन्तिम चरण नेपालगञ्ज शोरूममा समापन गरीयो, जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इनफिल्ड राइडर दशरथ चन्द लाईसम्मान प्रदान गरिएको थियो । यस भव्य महा–राइडले नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरीएको छ । रोयल इनफिल्डका उत्साही राइडरहरू आगामी यात्राहरूमा अझ उत्साहित हुँदै सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्दै अन्तत आफ्नो गन्तव्यतर्फ लागे ।
प्रतिक्रिया