काठमाडौं- नेपालका लागी आयतित आधिकारिक विक्रेता एजि इन्टरनेश्नल प्रा.लि ले “ओरिफ्लेम स्विडेन”को पाँचौ शाखा विस्तार गरेको छ । बानेश्वर चोक स्थित कृष्ण सदनको पहिलो तल्लामा एक समारोह बीच औपचारिक रूपमा सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आगन्तुक, ग्राहक एवं कम्पनिका कर्मचारीहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो। शिवरात्रीको दिन नयाँ शाखा विस्तार गरेको उपलक्ष्यमा ग्राहकहरुको नि:शुल्क छाला परिक्षण गरीयो ।
त्यस्तै मेघा सेल” अर्न्तगत १० % सम्म छुट दिएको थियो। “ओरिफ्लेम”का लागी नेपालका विजनेश प्रमुख कौषीक घोसले,”आगामी आर्थिक वर्ष भित्र ग्राहकका चाहाना र आग्रह वमोजिम नेपालका प्रमुख शहरहरूमा कम्पनिको शाखा विस्तार गर्ने” जानकारी दिनुभयो । “ओरिफ्लेम स्विडेन” व्यूटि प्रडक्ट सामाग्री उत्पादन गर्न विश्वकै अग्रणी कम्पनी हो। यसले विभिन्न देशहरूमा सामान निर्यात गर्दछ जुन नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । यो ब्रान्ड पोल्यान्ड, भारत, लगायतको देशहरुमा निर्माण हुने गरेको छ।
प्रतिक्रिया