Breaking

टीभीएस एक्सचेन्ज मेनिया : पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी, जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्न लागेको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले उक्त कार्यक्रम ल्याउन लागेको हो । काठमाडौंको बसुन्धरा, एक्टिभ कलेज नजिकै आयोजना हुने यो ‘एक्सचेन्ज मेनिया’ वैशाख १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर–गुड्ने होस वा नगुड्ने–टीभीएसले उचित मूल्याङ्कन गर्नेछ ।

कम्पनीका अनुसार, पुरानो गाडीमा १ लाख रुपैयाँसम्मको भ्यालु एडिसन, जस्तोसुकै कन्डिसनको बाइक तथा स्कुटरमा ३० हजार रुपैयाँसम्मको न्यूनतम मूल्याङ्कन, साथै थप छुट र विशेष अफरहरू उपलब्ध गराइनेछ । विशेष मोडलहरुमा ० प्रतिशत व्याजदरमा फाइनान्सको समेत सुविधा रहेको जगदम्बा मोर्टसले जनाएको छ । कार्यक्रममा सहभागी हुने ग्राहकहरूले १ लाख रुपैयाँसम्मको छुट, १८ महिनासम्म ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, र फ्रि एक्सेसरिज अन्तर्गत हेल्मेट, ब्याग, बाइक कभर लगायतका सुविधा पाउनेछन् । त्यसैगरी, टीभीएसले आफ्ना सवारीहरूमा लाइफ टाइम वारेन्टीको व्यवस्था समेत गरेको छ ।