Breaking

लुम्बिनी साझा श्रद्वा र शान्तिकाे भूमी हाे : मन्त्री पाण्डे

काठमाडौं-संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिकाे भूमी भएकाे उद्घाेष गर्नु भएकाे छ। साेमबार २५६९ अाैं बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ काे मूल समाराेहलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले भन्नुभयो,लुम्बिनी साझा श्रद्वा र शान्तिकाे भूमि हाे। बुद्व समस्त मानवताको साझा ज्याेति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ। उहाँले बुद्व करूणा,ज्ञान,सद्भाव जस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिकाे सन्देश विश्वभर फैलाउन सकिएकाे बताउनुभयाे।

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रकाे रूपमा पहिचान गराउन सरकार प्रतिवद्व रहेकाे बताउनु भयाे। उहाँले लुम्बिनीकाे बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुन: सक्रिय बनाउने विश्वास व्यक्त गर्नुभयाे। उहाँले थप्दै भन्नुभयाे,हामीबीच रहेका विभिन्न,धर्म,संस्कृति वा भिन्नता भन्दा माथि उठेर विश्व शान्तिकाे चिन्तन गरी सम्पूर्ण मानव जाति कल्याणकाे कल्याणकाे कामना गर्ने पावन भूमिकाे रूपमा स्थापित रहेको छ। लुम्बिनीका लागि हामीले चाल्ने प्रत्येक कदम सावधानी र सम्मानमा लागि अघि बढाउँदै यसकाे दिव्यता र पवित्रतालाई पुस्ताै पुस्तासम्म कायम गर्नु हाम्राे साझा कर्तव्य हाे। मन्त्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेकाे छ। काठमाडौं बाहिर रहेका भैरहवा र पाेखरा विमानस्थल सञ्चालनका लागि बनेकाे कार्ययोजना तयार भई लागू भएपनि कार्यान्वयनमा अझै केही समस्या रहेकाे बताउनु भयाे। उहाँले आगामी जेठ सात गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयकाे बैठक बसी समस्या समाधान गरिने समेत विश्वास व्यक्त गर्नुभयाे।