ललितपुर । कृषि क्षेत्रको दीर्घकालिन विकासलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको र कानुन मन्त्रालयबाट प्राप्त राय सुझावसँगै ‘ कृषि मन्थन ’ बाट प्राप्त केही बुँदाहरु पनि विधेयकमा समावेश गर्न सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले बताएका छन् । सोमबार ललितपुरको ग्वार्कोमा इभर ग्रिन मिडिया नेटवर्क प्रा.लि. द्दारा संचालित कृषि पत्रिकाले नेपालमै पहिलोपटक आयोजना गरेको कृषि ऐन, बजेट र व्यवसायीक कृषिको लागि दीर्घकालिन योजना विषयक कार्यक्रम ‘ कृषि मन्थन ’ बोल्दै मन्त्री अधिकारीले ‘ कृषि मन्थन ’ बाट प्राप्त केही बुँदाहरु थप गर्न सकिने प्रतिबद्धता व्यक्त गरेका हुन् । लामो समयको गृहकार्यबाट तयार पारिएको कृषि विद्यएकको मस्यौदालाई मन्त्रालयले अहिले कानुनमन्त्रालयमा राय सुझावको लागि पठाएको छ । कानुन मन्त्रालय र सबै स्टेकहोल्डर सहभागी भई आयोजना गरिएको कार्यक्रम ‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावहरु थप गरी मन्त्री परिषद् बाट अनुमोदन गरी संसदमा पु¥याउने तयारीमा आफू रहेको अधिकारीले बताउनुभयो ।
यसैगरी, उक्त कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति मा. कुशुमदेवी थापाले ६० प्रतिशत जनसंख्या आवद्ध रहेको क्षेत्रले सही ऐन अहिलेसम्म प्राप्त गर्न नसक्नु विडम्बनाको कुरा रहेको बताउनुभयो । ‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावसहितको बुँदालाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमार्फत सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउँदै राम्रा बुँदाहरु समावेश गर्न कुनै किसिमको समस्या नरहेको जिकिर गर्नुभयो । उक्त कार्यक्रममा कृषि तथा पशुपन्छीको क्षेत्रमा काम गर्दै आइरहेको ४० भन्दा बढी संघ / संस्था, कृषि विकास बैंक लिमिटेड, साना किसान विकास लघुवित्त वितिय संस्था, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल कृषि मेशिनरी व्यवसायी संघ, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड, स्टेकहोल्डर तथा किसानहरुको सहभागीता रहेको थियो । यस्तै, कार्यक्रममा प्रतिनिधिहरुले कृषि ऐन, कृषि बजेट र व्यवसायीक कृषिको लागि कस्ता योजनाहरु आवश्यक छ भन्ने विषयमा धारण राख्नु भएको थियो । ‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावलाई बुँदागत रुपमा समावेश गरी सम्बन्धित निकाएसम्म पु¥याउने आयोजकले जनाएको छ । ६० प्रतिशत कृषिमा सहभागी किसानहरु अझै पनि कृषि ऐन, किसान लक्षित बजेट र व्यवसायीक कृषिको दीर्घकालिन योजनाबाट परै छन् , यहीँ परिदृश्यलाई लक्षित गरी सम्बन्धित सरकारी निकाय, विषयगत स्टेकहोल्डर र किसानहरुसहितको मन्थनबाट कृषि विकासको नयाँ आयाम ‘ कृषि मन्थन ’ कार्यक्रमले हासिल गरेको आयोजकले जनाएको छ ।
त्यसैगरी, उक्त कार्यक्रममा कृषि बजेट, कृषि ऐन, व्यवसायीक कृषिको भावी योजनालगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो, भने कार्यक्रममा पेपर प्रेजेन्टसन, प्रश्न – उत्तर कार्यक्रम, सल्लाह / सुझाव संकलनलगायत गरिएको थियो । उक्त कार्यक्रम किसानहरु, सरकारी निकाय, कृषि एवं पशुपन्छीको क्षेत्रमा अग्रसर स्टेकहोल्डर, कृषि क्षेत्रको विकासमा काम गरिरहेका गैर-सरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू, कृषिलाई माया गर्ने अभियन्तालगायत लक्षित गरेर गरिएको आयोजकले जनाएको छ । ‘ कृषि मन्थन ’ कार्यक्रमबाट भावी योजनाको लागि किसान, स्टेक्रहोल्डर र सम्बन्धित निकायबाट परामर्श – सुझाव, लिखित एवं दृश्य दस्तावेज, ऐन – बजेट र कार्यक्रममा भएका कमी / कमजोरी सुधार्ने मौका प्राप्त भएको आयोजक टिमले जनाएको छ ।
प्रतिक्रिया