काठमाडौं । चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘ बाला जोबान ’ बोलको तीज गीत बुधबार सार्वजनिक गरिएको छ । उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ । उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत रहेको छ । यस्तै, उक्त गीतको भिडियो निर्देशन तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘ गुरुआमा ’ ले गरेकी छिन् । गीतको भिडियो छायांकन अजय रेग्मीले गरेका छन्, भने उक्त गीतको भिडियोमा स्मृति तिमिल्सिना ‘ गुरुआमा ’ को अभिनय देख्न सकिन्छ । उक्त गीतको एरेन्ज विश्वास नेपालले गरेका छन् । त्यसैगरी, उक्त गीतको भिडियो सम्पादन नविन घर्ति मगर गरेका छन् । उक्त गीत मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड गरिएको हो, भने रेकर्डिष्टमा खुमन राना र सुमन राना रहेका छन् । उक्त गीतको मिश्रण / मास्टरिङ कुमार रानाले गरेको छन् । त्यस्तै, उक्त गीतमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेका छन् । उक्त गीतको भिडियो कमला पोख्रेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
07 August 2025 15:50 PM | UPDATED 1 day ago
प्रतिक्रिया