प्रधानमन्त्रीसँग शान्तिका लागि संसदीय मञ्चका अन्तर्राष्ट्रिय अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा चाल्र्स एस याङले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिनुभएको…