गुणस्तरीय चलिचित्र निर्माण गर्न सक्यौं भने,विदेशी चले हाम्राे चलेनन् भन्ने दिन रहँदैन : मन्त्री पाण्डे

काठमाडौं -संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्नसकेकाे अवस्थामा विदेशी भन्दा र स्वदेशी चलचित्र चल्ने उद्घाेष गर्नु भएकाे छ। शनिबार ८ अाैं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सवमा बाेल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भयाे। मन्त्री पाण्डेले चलचित्र भाैतिक र अभाैतिक सुन्दरता बाेक्ने बताउँदै चलचित्र उधाेग त्यस तर्फ उन्मुख हुनु पर्नेमा जाेड दिनु भयाे।…