ललितपुरको गोदावरी नगरपालिका का मेयर र उपमेयर पदीय जिम्मेवारीबाट निलम्बित

भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी पदबाट निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुङ्गाखानीबाट रोडा, ढुङ्गा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर र उपमेयर पदीय जिम्मेवारीबाट निलम्बित भएका छन्…