धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला, खामबन्दी आवेदन दिन सकिने

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । योग्यता पुगेका तथा इच्छुक नागरिकले १५ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवारमा खामबन्दी आवेदन दिन सक्नेछन् । स्नातकोत्तर उपाधि हासिल गरी…