म्याग्दी । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका– ८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन्। करिब दुई सयको संख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन्। पश्चिम म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोट र वडा नम्बर २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो। गत साता घरभित्र नै बँदेल छिरेर…