काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताउनु भएकाे छ। मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पुर्याउने बताउनु भएकाे हाे। उहाँले देश हाल कुनै पनि प्रकारको द्वन्द्वमा…