लेखा समितिको निर्देशनले जलविद्युतको आईपीओ रोकिएको हो भने छलफलमा बसौ, पुर्नविचार गर्न सकिन्छ : सभापति पोखरेल

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले लेखा समितिले दिएको निर्देशनकै कारण जलविद्युत कम्पनीलाई आईपीओको स्वीकृति दिन मिलेन भन्नु कर्मचारीको बेकुफी भएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजना गरिएको "जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती" विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले समितिको निर्देशनकै कारण जलविद्युत क्षेत्र बन्धक भएको हो भने समिति निर्णय सच्याउन…