बर्खा सुरु नहुँदै बाटो हिलाम्य, २२ किलोमिटर पार गर्न ४ घण्टा

दमौली । तनहुँको भिमाद घर भइ दमौली बस्दै आएका राजेन्द्र अर्याललाई खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्यो । दुई दिनदेखि परेको झरीका कारण राजमार्ग हिलाम्य भएपछि २२ किलोमिटर दूरी छिचोल्न उनलाई तीन घण्टा लागेको हो । अर्यालले भने, 'झरीले राजमार्ग हिलाम्य छ । हिलाम्य राजमार्गमा सवारीसाधन फसेर निकै बेर जाममा बस्नुपर्यो ।' खैरेनीटारदेखि थर्पुसम्मको खण्डमा…