बस्ती जोगाउन ७० लाख खर्चेर कालीगण्डकीमा तटबन्ध

बागलुङ । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण भइरहेको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए। कालीगण्डकीले धार…