प्रधानमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको बिदाइ भेट

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा भएका महत्त्वपूर्ण कामबारे जानकारी गराउनुुभएको थियो । उहाँ कार्यकाल पूरा गरी सोमबार स्वदेश फर्कदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक…