यस्ताे छ इलाम-२ र बझाङ-१ मा हुने उपनिर्वाचनको कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १(१) मा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन…