काठमाडौँ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केहि हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिका केकी अधिकारी अभिनित मौलिक तीज गीत ुमाइतै रमाइलोुको भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द रचना ,गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो…