अर्थ

सामान्य अंकले बढ्याे नेप्से

काठमाडौं ।

नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

मंगलबार ५.९१ अंकले बढेको सेयर बजार २०७६.५० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३२ कम्मनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।