रातो मच्छिन्द्रनाथको रथलाई हिजो लगनखेल पुर्याइएको छ । हिजो रथलाई टंगलबाट तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो । आज बेलुकी पञ्चबली पुजा हुँदैछ ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्याएपछि महाबली पूजा गरिन्छ । यो वर्ष रथमा समस्या भएकोले सुन्धारादेखि लगनखेल पुर्याउन समय लागेको छ । जेठ २ गते सुन्धारादेखि लगनखेलसम्मको रथयात्रा शुरु भएको थियो । यस क्रममा रथ निकै ढल्किएकोले ४ गते रथयात्रा रोकेर मर्मत गरिएको थियो । त्यसपछि अस्ति ५ गतेदेखि रथयात्रा फेरि शुरु भएकोमा हिजो लगनखेल पुर्याइएको हो ।
प्रतिक्रिया