जेष्ठ ३२, नेपाली कांगे्स सम्बद्ध नेपाल बेैक लिमिटेडमा कार्यरत कर्मचारीहरुको संस्था नेपाल वित्तिय संस्था कर्मचारी संघ नेपाल बैंक लिमिटेडको गत ३०, ३१ को सम्पन्न केन्द्रिय महाधिवेशनले प्रजातान्त्रिक तवरले निर्वाचन द्धारा जिवराज ढकालको नेतृत्वमा आगामी चारवर्षका लागि उन्नचालीस सदस्यीय नया कार्य समिती चयन गरेको छ । अध्यक्षमा जिवराज ढकाल, वरिष्ठ उपाध्यक्षमा बद्रि आचार्य, उपाध्यक्षमा किशन पण्डित, विज्ञान देवकोटा र दिपक ओली, महिला उपाध्यक्षमा रमा पराजुली, मधेशी उपाध्यक्ष ललन कुमार साह, आदीवासी जनजाति उपाध्यक्ष संदिप श्रेष्ठ, महासचिवमा रमेश पौडेल, उपमहासचिवमा सुवास केशी, कोषाध्यक्ष मा पदम दत्त जोशी लगायत कार्य समिती सदस्यहरु, महिला समिती तथा युवा समिती अध्यक्ष लगायत निर्वाचित भएका छन दुई समूह सहभागि भएको निर्वाचनमा जिवराज ढकालको समूहले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत बहुमत पदाधिकारी तथा सदस्यहरुमा जित हात पारेको हो ।
जिवराज ढकालले अध्यक्षका उम्मेदवार सुरेन्द्र विष्टलाई १२५ मतका विरुद्ध १७१ मत ल्याई निर्वाचित भएका हुन भने जिवराज ढकालको समूह नेपाली कांगे्रस संस्थापन ईतर पक्षबाट निर्वाचनमा सहभागि भएका थिए । देशभरी बाट आएका ३०७ प्रतिनिधीहरुमा जम्मा २९७ प्रतिनिधीहरु निर्वाचनमा सहभागि भएका थिए । निर्वाचन समितीबाट गराईएको शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जिवराज ढकालले आफनो संगठन भित्रको आन्तरीक प्रतिस्पर्धा भएकाले महाधिवेशनमा सहभागि सबै साथीहरुलाई धन्यबाद दिदै कसैको जय कसैको पराजय नभएको र सबैलाई साथ लिएर युनियनलाई अगाडि बढाउने बताए भने आफनो लडाई भनेको कर्मचारीका वृत्तिविकास लगायत विभिन्न मुद्धामा व्यवस्थापन पक्ष संग रहेको बताए ।
त्यस कारण सबै साथीहरु एकजुट हुनुको विकल्प नरहेको भन्दै सबैले आगामी दिनमा कर्मचारी हितका लागि हातेमालो गर्नु पर्ने बताए, कर्मचारीका हितका लागि आफु कसै संग नझुक्ने पनि बताए । हाल नेपाल बैंक लिमीटेडमा करिब तिन हजार कर्मचारी रहेको र देशभर २३० वटा शाखा कार्यलयहरु क्रियाशील रहेको छ । स्मरण रहोस ३० गते भएको महाधिवेशनको उदघाटन नेपाली कांगे्रसका वरिष्ठ नेता माननीय डा।शेखर कोईरालाले गर्नु भएको थियो ।
प्रतिक्रिया