मनाेरञ्जन

९ दिनमा ६ लाख भक्तजनले दर्शन गरे पशुपति कोटिहोम महायज्ञको

श्री पशुपति कोटिहोम महायज्ञ सुरु भएको नवौं दिनसम्म करिब ६ लाख भक्तजनले दर्शन गरेको आयोजकले बताएको छ । गत श्रावण १ गते देखि सञ्चालन भएको महायज्ञमा दैनिक लाखौं भक्तजनहरुको उपस्थिती रहने गरेको छ । काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरबाट दैनिक भक्तजनहरुको आगमन बाक्लो रहेको छ ।
भक्तजनहरुको अत्यधिक उपस्थितीलाई मध्यनजर गर्दै आयोजक संस्था मानव सेवा फाउण्डेसनले अहिले ३ स्थानबाट कथा प्रवचन,झाकी प्रदर्शन अनि भजनकिर्तनको कार्य भैरहेको छ । त्यस्तै कैलाशडाडाँबाट नियमित हवनको कर्म सँगै अन्य प्रवचनको कार्य पनि भइरहेको छ ।
सुप्रशिद्ध कथावाचिका राधिका माताले श्रावण १ गते देखि ७ गते सम्म श्री शिवमहापुराण कथा प्रवचन गरेकी थिइन । अहिले वाचन प्रविण दिनबन्धु पोख्रेल र देवी प्रतिभाले कथा प्रवचन गरिरहेका छन ।
आयोजकका अनुसार महायज्ञ अवधिभर करिव ५० लाख देखि ८० लाख सम्म भक्तजनले दर्शन गर्ने आकलन गरेको छ ।