सोमबार काठाडौंमा भएको आठौ राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो। फास्ट फूड एसोसिएसन नेपालको उपाध्यक्षमा रामकाजी भण्डारी र नविन श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै फास्ट फूड एसोसिएसन नेपालको महासचिव राकेश श्रेष्ठ,सचिवहरू भीम प्रसाद आरण, कुमार भण्डारी कोषाध्यक्षमा टेक बहादुर श्रेष्ठ र सदस्यहरू गोपाल श्रेष्ठ ,लक्ष्मि श्रेष्ठ ,सुभाष श्रेष्ठ , महेन्द्र श्रेष्ठ र तुलसी श्रेष्ठ निर्वाचित भएका नवनिर्वाचित महासचिव राकेश श्रेष्ठले जानकारी दिएका छन्। अहिले यस संस्थामा ३०० भन्दा बढी रेष्टुरेन्ट तथा फास्ट फूड क्याफे आवद्ध छन् । रेष्टुरेन्ट तथा फास्ट फूड क्याफेका पछिल्लाे समय देखिए समस्या समाधानमा केन्द्रित भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। उहाँले संस्थाले रेष्टुरेन्ट तथा फास्ट फूड क्याफेको गुणस्तरमा वृद्धि र व्यवसायिको हितमा काम गरिने वताए।
14 January 2025 19:22 PM | UPDATED 9 minutes ago
प्रतिक्रिया