विश्व

एमाले महासचिव सँग रुसी कुटनैतिक अधिकारीको भेट

काठमाडौं -विश्व राजनीतिमा हलचल आए सँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तिब्रता दिएका छन् । यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर-काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन्। भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ। दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको बुझिएको छ । भेट पछि दुतावासले विज्ञप्ति जारि गर्दै द्विपक्षीय संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाई भएको उल्लेख गरेको छ । नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ् हेरिएको छ।
नेपाली युवालाई अवैध रुपमा रुस लगेर सेनामा भर्ति गरेको र युद्धमा होमेको विषयमा रुसले अहिले सम्म मुख खोलेको छैन । यो काम मानव तस्करले गरेको भनिए पनि औपचारिक रुपमा रुसाले केहि बताएको छैन। रुस युक्रेन युद्धमा २० जना भन्दा बढी नेपाली युवाको ज्यान गइसकेको छ।