राजनीति

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कोरीयाबाट स्वदेश फिर्ता

काठमाडौ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल दक्षिण कोरीयाको भ्रमण सकि स्वदेश फर्कनु भएको छ । दक्षिण कोरीयाको सुवोनमा आयोजीत आईसीएस प्यासिफिक फोरममा भाग लिन नेपालको प्रतिनिधीत्व गर्दै उहाँ त्यस तर्फ जानु भएको थियो । सो फोरमलाई संवोधनका क्रममा मन्त्री दाहालले यातायात सेवा व्यवस्थापन तथा विस्तारमा सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने बताउनु भएको थियो । यस्तै एशिया प्यासिफिक क्षेत्र सम्भावना र सहकार्यको प्रचुर सम्भावनाको क्षेत्र रहेको जनाउँदै मन्त्री दाहालले स्मार्ट मोविलिटीलाई प्रवद्र्धन गर्नु पर्नेमा जोड दिनु भएको थियो । त्यस पछि मन्त्री दाहालले त्यहाँको यातायात तथा रेलसेवा विस्तार सम्वन्धिको छलफललाई पनि संवोधन गर्नुभयो । भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो । यसैगरि सोहि भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरुसँग भेटमा मन्त्री दाहाल र त्यहाँका अधिकारीहरु विच आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।
स्वदेश फर्कनु अघि मन्त्री दाहालले प्रवाशी नेपाली मञ्च दक्षिण कोरीयाद्वारा आयोजीत भेटघाट कार्यक्रममार्फत नेपाली समुदायलाई संवोधन गर्नुभयो । त्यस क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले विदेशमा सिकेको ज्ञान र शिपलाई स्वदेशको समृद्धीमा उपयोग गर्न दक्षिण कोरीयाका प्रवाशी नेपालीहरुलाई आग्रह गर्नु भएको थियो । स्वदेश फर्किए लगत्तै मन्त्री दाहालले आफ्नो दक्षिण कोरीया भ्रमण फलदायी भएको बताउनुभयो । नेपालको सार्वजनिक यातायात सेवा विस्तार तथा व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायसँग हुन सक्ने सहकार्यका बारेमा महत्वपूर्ण कुराकानी भएको उहाँले बताउनु भएको छ । यस्तै विकासको विकास, पूर्वाधार निर्माण, सेवा प्रवाहका बारेमा प्रवाशी नेपालीहरुसँग छलफल भएको पनि उहाँले उल्लेख गर्नु भएको छ ।