काठमाडौं । चर्चित गायिका समिक्षा अधिकारी र गायक राजु ढकालको स्वरमा रहेको असार महिना बिशेष गीत ‘रिमझिम पानी पर्यो ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा लक्ष्मण पोखरेलको शब्द ,संगीत र लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ । सरोज प्रजा राना र रचना न्यौपानेको अभिनय रहेको गीतको भिडियोलाइ करण चैसिरले खिचेका हुन् भिडियोको कोरियोग्राफी र निर्देशन जेरी भण्डारीले गरेकी हुन। संगीतकार लक्ष्मण पोखरेलको संगीतमा यसअघि धेरै लोकप्रिय गायक गायिकाको स्वरमा धेरै गीतहरु आइसकेका छन् जसलाई दर्शक स्रोताले अत्याधिक मन पराएका छन् ।
09 July 2025 16:04 PM | UPDATED 4 hours ago
प्रतिक्रिया