काठमाडौं ।पछिल्लो समयकी निक्कै व्यस्त गायिका रचना रिमालको स्वरमा तीज गीत ‘आयो रे आयो तीज’ सार्वजनिक भएको छ । गीतकार कुमारी रेग्मीको शब्द र लोकप्रीय संगीतकार दीपक शर्माको संगीत रहेको गीतलाई सबिन सुबेदील एरेन्ज गरेका हुन् । महानपर्व तीज नजिकिए संगै यसको पावन अवसरमा नेपाली चेलीहरूको लागि विशेष उपहार स्वरूप गीत सार्वजनिक गरिएको गीतकार कुमार रेग्मीले बताउनु भयो । क्रियटिभ निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा भुपेन्द्र थापामगरको क्यामेरा , सुरेन्द्र बसेलको कोरियोग्राफी , र माधव बेलबासेको सम्पादन रहेको छ ।भिडियोलाई केबी भाइब्स इन्टरटेन्टमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतका निर्माता विकाश रेग्मी हुन् ।
21 July 2025 16:36 PM | UPDATED 11 minutes ago
प्रतिक्रिया