राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरुले नजिकबाट नियालिरहेको बताउनु भएको छ। रास्वपा कोशीको विस्तारित बैठकलाई आज सुनसरीको इटहरीमा सम्बोधन गर्दै सभापति लामिछानेले दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतस् हुने आन्दोलनको अग्रपंक्तिमा रास्वपा रहने समेत बताउनु भएको हो। पुराना दलहरूको बेथिति बढार्न नागरिकको विश्वास रास्वपाप्रति बढिरहेको भन्दै…