काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताउनुभएको छ । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले काठमाडू…