सुदूरपश्चिमको विकासका लागि सबै मन्त्री, सांसद र नेताहरू एक ठाउँमा छौँ : मन्त्री भण्डारी

काठ्माण्डौँ,। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि सु.प.प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरू एक ठाउँमा उभिएको बताएका छन् । प्रेस चौतारी नेपालले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा सहभागी मन्त्री, सांसद तथा नेताहरूले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर सुदूरपश्चिमका महत्त्वपूर्ण विकास निर्माणका योजनालाई गति…