काठमाडौं । आयोजक केपी एफसीलाई हराउँदै मछिन्द्र एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकएक गोल गरे । खेलको ३८औं मिनेटमा…