स्वास्थ्य मन्त्री पौडेलको बाली सम्बोधनः देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरबिरुद्ध लड्ने विश्व लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण उपलब्धि

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना(माघ २२ गते) मा दुई सातासम्म किशोरीहरुलाई खोप…